बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – हरियो सागको कुरा गर्दा पालुंगोको उल्लेख भइहाल्छ । यो त रामवाण नै हो भन्दा हुन्छ । पालुंगो नियमित रूपमा खाने मानिसले कहिले पनि अस्पताल जानुपर्दैन । पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।

यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ । पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् । छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ ।

पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन ।  पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।

पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर र कान्तिमय हुन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया