शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘बुद्धशान्ति कमलराज रेग्मी साहित्य पुरस्कार’ यज्ञनिधि दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

फाउण्डेशनका अध्यक्ष इ सन्ध्या रेग्मीको संयोजकत्वमा गठित छनोट समितिले नेपाली साहित्य तथा सञ्चारका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका दाहाललाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि रु ५० हजार रहने छ ।

फाउण्डेशनका अध्यक्ष रेग्मीले आफ्नो पिता कमलराजको सम्मानमा स्थापना गरेको सो पुरस्कार शिक्षा, साहित्य र समाजसेवाका माध्यमबाट मुलुकको विकासमा क्रियाशील एक जनालाई प्रत्येक वर्ष प्रदान गरिने जनाइएको छ ।

पुरस्कार यही असार ३१ गते प्रदान गरिने कार्यक्रम छ । विसं २०१५ को निर्वाचनमा पाल्पाबाट निर्वाचित ९० वर्षीय रेग्मीका ‘आमा म र पाल्पा’, ‘मदनमणि दीक्षितको लेखनधर्मिता’, ‘बचेरालाई आहार’ र नामक कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया