नोबेल पुरस्कार विजेताको मृत्युलाई लिएर चीनको चर्को आलोचना

काठमाडौं – उपचारका लागि देश बाहिर जान नदिएका कारण क्यान्सर पीडित नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लुई जियोबोको मृत्यु भएको भन्ने आरोपको चीनले खण्डन गरेको छ । सो घटना आफ्नो मुलुकको आन्तरिक बिषय भएको भन्दै चीनले यसमा अन्य मुलुकले अनावश्क टिप्पणी गरेको बताएको छ ।

राजद्रोहको आरोपमा ११ बर्षको जेलसजाय काटिरहेका लुईको ६१ बर्षको उमेरमा हिजो निधन भएको थियो । सन् २०१० मा लुईलाई नोबेल पुरस्कार प्रदान गरेको नोबेल कमिटिले पनि प्रजातन्त्रका पक्षधर लुईको असमायीक निधनको जिम्मेवारी चीनले लिनुपर्ने बताएको छ ।

यस्तै, जर्मनी, बेलायत लगायत मुलुकले पनि लुईलाई उपचारका लागि अन्य देशमा पठाउने अनुमति नदिनुको कारण चीनले प्रष्ट पार्नुपर्ने बताएका छन् । नजरबन्दमा राखिएकी लुईकी श्रीमती कवियत्री लुई जियालाई पनि स्वतन्त्र गर्न चीनलाई चौतर्फी दबाब बढेको छ ।

लिभरको क्यान्सरबाट पीडित अधिकारकर्मी लुईको विभिन्न अंगले काम गर्न छोडेपछि मृत्यु भएको अस्पतालले बताएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित