ग्लोबल नेपाली फिल्म अवार्डमा संसारभरका कलाकारहरु एक ठाउँमा

काठमाडौं – खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ । यहि आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरिएको छ ।

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान, फ्रान्स, इटलीलगायतबाट कलाकार आउने छन् ।

नेपाल तथा अमेरिकाको ७० औं फ्रेन्डशिप साठ गाठ बर्ष मनाउने अवसरमा हुन गईरहेको नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउन सहयोग पुग्ने आयोजकको दावी छ ।

‘नेपाली चलचित्र गाउं देखि विश्व सम्म’ भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवद्र्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्य रहेको नायक नबराज श्रेष्ठले बताए ।

तेस्रो संस्करण भने अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा बताइएको छ । नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यस पटकको अवार्ड पृथक हुने अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् ।

आयोजक समितिको अध्यक्षमा नायक नवराज श्रेष्ठ छन् भने मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका रहेको छ । उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधुकुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित