शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक, गायक गायिका, मोडल र सम्पूर्ण नेपाली कलाकार हरुलाइ भ्याइ नभ्याइ छ ।

विशेष गरि नाचेर गायर रमाइलो गरि मनाइने तिज एउटा सांगीतिक पर्व भएको कारणले पनि प्राय महिला कलाकारहरुले आफ्नो मनोभावनालाई एल्बमको रूपमा रेकर्ड गरि नाचगान र रमाइलोलाई भिडियो बनाउने चलन त धेरै बर्ष पहिले देखिनै थियो भने केही बर्ष यता पुरुष कलाकारको पनि तिज पर्व र तिजी गीतसंगीतमा उत्तिकै सहभागिता देखिन्छ ।

त्यस्तै तिजकै अवसरमा आफ्नो सांगीतिक यात्राको थालनी गर्ने नयाँ प्रतिभाहरु पनि उत्तिकै छ्न् । यस बर्षको हरितालिका तिज लागि लक्षित गर्दै नव सर्जक दिनेश सापकोटाले पनि आफ्नो नयाँ कोशेली (पहिलो प्रस्तुति) “जापानी रेल” नामक तिज गीत भर्खरै मात्रै सार्बजनिक गर्नुभएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल सर्जक तथा गायक प्रेम सापकोटा सोनु र देबि घर्तीले आवाज भरेको यस गीतमा दिनेश सापकोटाले शव्द सिर्जना गर्नुभएको हो भने प्रेम सापकोटाले लय भर्नुभएको छ ।

गुरुआमा फिल्मसको ब्यानरमा जापानी रेलको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन, सुजन शाहीको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार गरिएको हो ।

हमाल म्युजिक प्रा. लि.ले बजार ब्यबस्थापन गरेको जापानी रेलको म्युजिक भिडियो जापानका केही ठाउँ र नेपालमा खिचिएको छ भने विकशित देश जापानमा आफ्नो मायालु संग घुम्ने रमाउने कुरा गीत र म्युजिक भिडियोमा देखाउन खोजिएको छ । गीतमा स्मृति तिमिल्सिना र सन्जिब ठकुरीको दमदार अभिनय देख्न पाइन्छ ।

 

तपाईको प्रतिक्रिया