बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

रुपन्देही  – रुपन्देहीमा सर्पले टोकेर १५ जनाको ज्यान गएको छ । एक वर्षको अवधिमा उपचारको लागि आएका सर्पदंशका बिरामीमध्ये लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १२ जना र भैरहवाको भिम अस्पतालमा ३ जनाको ज्यान गएको हो ।

भैरहवामा रहेको भिम अस्पतालमा १ हजार ८ सय ३ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा १ हजार ३ सय सर्पदंशका बिरामी मध्ये १२ जनाको ज्यान गएको हो । अहिले पनि अस्पतालमा ७ जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ ।

सर्पदंशको उपचार निःशुल्क हुन्छ । तर औषधीको अभावमा २७ जना बिरामीको अन्यत्र रिफर गर्नुपरेको अधिकृत रेग्मीको भनाई छ ।

पुरुष भन्दा बढी महिला र केटाकेटी सर्पदंशको शिकार भएका छन् । विश्वभर तीन हजार प्रजातीका सर्प पाइएको जीवजन्तु बिज्ञहरुले दावी गरेका छन् । नेपालमा ७७ प्रजातीका सर्प पाइन्छन् ति मध्ये २१ प्रजातीका सर्प बिषालु छन् । यस क्षेत्रमा करेत, गोमन र बाइपर प्रजातीका सर्प बढी पाइन्छ ।

तपाईको प्रतिक्रिया