ब्राजिलका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा जेल सजाय

काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डी सिल्भालाई भ्रष्टाचार अभियोगमा साढे ९ वर्षको जेल सजाय तोकिएको छ । सिल्भा विरुद्ध परेको निवेदन माथि सुनुवाई बाँकी रहेकाले तत्काल कारागार भने बस्नु नपर्ने अदालतको आदेशमा उल्लेख छ ।

तेल उत्पादक कम्पनीसँग घुस वापत एक घर लिएको आरोप उनीमाथि लागेको छ । यद्यपी अदालतको निर्णय राजनिति प्रेरित भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सिल्भामाथि परेको ५ वटा मुद्धाको अझै सुनुवाई बाँकी छ ।

सन् २०११ सम्म लुलाले ८ वर्ष सम्म ब्राजिलको राष्ट्रपति पद सम्हालेका थिए । अर्को वर्ष हुने राष्ट्रपति चुनावमा उठ्ने तयारीमा रहेका लुलामाथि राजनिति प्रेरित सजाय तोकिएको भन्दै बिरोध शुरु भएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित