कास्की पोखरा समाजको क्यूसु, तोचिगी र ओशाकामा क्षेत्रीय तदर्थ समिति गठन

टोकियो-कास्की पोखरा समाज जापानको  क्यूसु, ताेचिगी र अाेशाकामा क्षेत्रीय तदर्थ समिति गठन भएको छ । विभिन्न पेशा तथा व्यवसायले जापानकाे टाेकियाे बाहिरका शहरहरूमा पनि कास्की पोखराबाट अाउने नेपालीहरूकाे चाप बढेसँगै समाजले क्षेत्रीय कमिटी गठन गर्ने उद्देश्यले हाल तदर्थ समिति गठन गरेकाे हाे । 

जापानकाे विभिन्न स्थानमा बसाेबास गरेका कस्केलीहरूला एकतावद्ध गरी कस्केलीहरूबीच अाइपर्ने विविध खाले समस्याहरूकाे समाधानमा एेक्यवद्धता गर्ने उद्देश्यले क्षेत्रीय कमिटी गठन गर्न लागिएकाे कुरा समाजका केन्द्रीय अध्यक्ष शिवप्रसाद पाैडेलले समुद्रपारिलाई बताए । 

तदर्थ समितिकाे क्यूसु संयाेजकमा सन्ताेष थापा, ताेचिगीमा राम गुरूङ र अाेशाकामा बिष्णु गाैतमलाई नियुक्त गरिएकाे छ । क्यूसुमा जुनकाे २३ तारिक अाइतवार, ताेचिगीमा जुलाई २ तारिक अाइतवार र अाेशाकामा जुलाई १० तारिक साेमबार भएकाे भेलाले संयाेजक चयन गरेकाे हाे । क्षेत्रीय संयाेजकहरूले एक महिनाभित्र अा-अाफ्नाे क्षेत्रमा कस्केलीहरूकाे भेला बाेलाई क्षेत्रीय कमिटी पूर्ण गरिने बताइएकाे छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित