शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ ।

आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले फेरि विवादित भनाइहरु सार्वजनिक भएको भन्दै महासंघले गम्भीर चासो र सरोकार जनाएको महासंघ विज्ञप्तिमा उल्लेख छ ।

“क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो, धेरै मुलुकले यसको अभ्यास पनि गरिसकेकाले नेपालमा पनि लागु गर्ने महासंघले जनाएको छ ।

टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री प्रस्तुत गर्ने व्यवस्था नै क्लिन फिड हो । केपी शर्मा ओलीको सरकारले अन्तिम अवस्थमा क्लिन फिड नीति पारित गर्दै एक वर्षमा लागू गर्ने कार्ययोजना बनाएको थियो।

तपाईको प्रतिक्रिया