बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

स्टाटस बाबा र बज्यै : यस्ता व्यक्ति जो मिनेट–मिनेटमा स्टाटस अपडेट गर्छन् । जे कुरामा पनि बीचमा बोलिहाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरिहाल्नुपर्ने यिनीहरूको बानी हुन्छ । यिनीहरूलाई हटाउनु पर्दैन । यिनीहरूबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ ।

अवस्थाकारी : यो वर्गमा पर्नेहरूले जे काम गरे पनि फेसबुकमा हाजिर गरिहाल्छन् । खाँदै गरेको अवस्था, पिउँदै गरेको अवस्था, सुत्न लागेको अवस्था, निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मानिसलाई नहटाउँदा पनि हुन्छ, किनभने यिनका पोस्टबाट कहिलेकाही हाँस्ने मौका मिल्छ ।

चियोचर्चोकार : यस्ता मानिसहरू आफूले फेसबुकमा कुनै अपडेट गर्दैनन् तर अरूका प्रोफाइल र तस्बिरहरू खोजीखोजी हेर्छन् । अरूकै बारेमा चियो गर्न उनीहरूले फेसबुक खोलेका हुन्छन् भन्दा फरक नपर्ला । चाहे जतिसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस्, उनीहरूले लाइक, कमेन्ट र सेयर गर्लान् भनेर आशा नगरे हुन्छ ।

स्टाटस चोर : यिनीहरूले अरुका राम्रा–राम्रा स्टाटस चोरेर आफ्नो टाइम लाइनमा कपी पेस्ट गर्छन् । यस्तालाई हटाउने मात्र होइन, ब्लक नै गरी दिए पनि ट्रेनिङ सेन्टरमा निमन्त्रणा आदि । हुन त सामाजिक सन्जालबाट व्यवसायिक फाइदा लिनु राम्रो हो तर सधैं त अरूलाई पनि वाक्क लाग्छ नि हौ ।

हनुमानगिरी : यी यस्ता व्यक्ति हुन्, जो आफ्नो आङमा भैंसी हिँडेको देख्दैनन् अरूको जुम्रा पनि देख्छन् । कुनै पार्टी र कुनै नेता वा कुनै व्यक्तिविशेषलाई भगवान् मान्छन् । यिनीहरूका लागि उनीहरूको बोली नै महान्वाणी हुन्छ । यिनीहरूलाई राख्न वा हटाउन जे मन लाग्छ त्यही गर्न सकिन्छ ।

क्यान्डिक्रस क्रेजी : कहिलेकाहीँ नोटिफिकेसन आउँछ अनि खोलेर हेर्दा फलानो ष्लखष्तभम थयग तय उबिथ अबलमथअचगकज भन्छ । यदि यस्तो आयो भने त्यो व्यक्तिलाई सिधै ब्लक नगर्नुहोला किनभने त्यो भाइरसले गर्दा पनि हुन सक्छ । कहिलेकाहीं क्यान्डी क्रस खेल्नेहरूले आफ्नो लेवल बढाउन निमत्रणा पनि पठाउँछन् । यिनीहरूका लागि नोटिफिकेसन अफ गरिदिए पुग्छ ।

सेयरवाला : यस्ता व्यक्ति सिर्फ अरूको स्टाटस र पोस्टहरू सेयर गर्छन् । यिनीहरूलाई जसले जे लेख्यो, पोस्ट गर्यो मतलब हुँदैन सिर्फ राम्रो–राम्रो पोस्ट सेयर गर्न पाए पुग्छ । यस्तालाई हटाउनु हुँदैन, आफ्नो फेसबुके कृति फैलाउने यिनीहरू नै हुन् ।

लाइकवाला/वाली : यस्ता व्यक्तिले जसले जे लेखोस्, जे पोस्ट गरोस् तुरुन्त लाइक दिइहाल्छन । यिनीहरूलाई राख्नुपर्छ । आफ्नो पोस्टमा लाइक बढाउने यिनीहरूले नै हो ।

नेगेटिभ माइन्ड : यो वर्गमा पर्ने मानिसहरू सधैं अरूको आलोचना र गाली मात्र गरेर स्टाटस लेख्छन् भने अरूको पोस्टमा पनि सधैं नकारात्मक कमेन्ट गर्छन्— गोली हान्दे, फाँसी दे, काटी दे आदि । यस्ता मानिसलाई फेसबुकबाट हटाइदिनु राम्रो, किनभने फेसबुक पनि एउटा समाज हो, त्यसैले त यसलाई सामाजिक सञ्जाल भनिन्छ । खराब व्यक्तिको संगतले हामीमा पनि कुप्रभाव पर्छ ।

सनसनीप्रसाद : यस्ता मानिसहरू सनसनीपूर्ण हल्ला फैलाउन रुचाउँछन् । कुनै ठाउँमा गाडी पल्टेर दुई जना घाइते भएका छन् भने दुई दर्जन मरे भनेर लेख्छन्, कुनै सडक दुर्घटनामा वीभत्स रगत तथा लासहरूको तस्बिर खोजीखोजी सेयर गर्छन् । एउटा घर आगोले जलेको छ भने पूरै गाउँ आगोले सखाप भनेर लेख्छन् । कहिलेकाहीँ त ठीकै हो तर सधैं यस्ता सामग्री सेयर गर्ने मानिसहरूलाई फेसबुकबाट हटाएकै राम्रो किनभने नराम्रो समाचारले आफ्नो पनि दिन खराब हुन्छ ।

गुनासोगिरी : यो कोटीका मानिसहरू सधैं गुनासो गर्छन् । बिजुली गयो उफ, मोबाइलमा चार्ज सकियो उफ, गर्मी भयो उफ, पेट दुख्यो उफ, झरी पर्यो उफ, हावा चल्यो उफ ! यस्ता कुराले आफ्नो पनि मनस्थितिमा प्रभाव पार्ने भएकाले यस्ता मान्छेलाई फेसबुकबाट हटाउनु नै बेस हुन्छ ।

तपाईको प्रतिक्रिया