शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – हरेक विहान लठ्ठा परेका कपाल मिलाउन कसलाई पो मल पर्ला र ? तर पनि हामी (केटीहरु)लाई सधैं यो झन्झट बेहोर्नुपर्ने हुन्छ । तर चिन्ता नलिनुहोस्, यो समस्यबाट मुक्ति पाउने पनि उपाय छ । जो यहाँ उल्लेख गरिएको छः-

सिल्की सिरानी
हामी सिरानीलाई जहिले पनि घाँटीको आरामसँग जोडेर हेर्ने गर्छौं । टाउको अड्याउन जस्तो सिरानी सजिलो हुन्छ, त्यस्तै प्रयोग गर्छौं । तर हामीले ध्यान दिँदैनौं कि सिरानीले हाम्रो कपालमा पनि असर पुर्याउँछ ।

सिरानीको खोल खस्रो भयो भने हाम्रो कपाल लठ्ठा पर्ने र झर्ने सम्भावना हुन्छ । त्यसैले सिल्की कपालका लागि सिरानीको खोल पनि सिल्की प्रयोग गर्ने गरौं ।

हेयर मास्क
सायद हामीलाई याद हुँदैन कि कपाललाई पनि पोषण चाहिन्छ । यसका लागि हामीले बेडमा जानुभन्दा पहिले ध्यान दिनु पर्छ । सुत्नुभन्दा अगाडि हेयर मास्क लगाउनुहोस् । साथै शावर क्याप पनि लगाउन सकिन्छ । अनि विहान उठ्नेवित्तिकै श्याम्पु गर्नुहोस् ।

ड्राई श्याम्पु
अहिले एउटा ट्रेन्ड चलेको छ, लेटनाइन शावर गर्ने र भिजेका कपाल लिएर सुत्ने । यस्तो गर्ने धेरैले विहान ड्राई श्याम्पु पनि लगाउने गर्छन् । यस्तो बानी कपालका लागि हानिकारक हुन्छ । बरु राति सुत्दा ड्राई श्याम्पु लगाउँदा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया