शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौ वटा सम्भावित पुस्तकको सूची सार्वजनिक गरेको छ । पुरस्कारका लागि प्राप्त १९५ पुस्तक मध्ये श्रेष्ठ सूची छनोट गर्न गठित समितिले नौवटाको सूची निकालेको हो । यिनैमध्येबाट एउटाले यो वर्षको मदन पुरस्कार पाउनेछ ।

कुन-कुन पुस्तक परे ?

गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (पुरूषोत्तमलोचन श्रेष्ठ)

छाउघर (राज सरगम)

तपन (शरद पौडेल)

दोहाको सीधा उडान  (जय छाङ्छा)

धृतराष्ट्र (घनश्याम कँडेल)

प्रतिनायक  (हरि अधिकारी)

म स्त्री अर्थात् आइमाई  (सीमा आभास)

शुक्रराज शास्त्रीको चस्मा  (राजेन्द्र पराजुली)

सगरमाथाको गहिराइ (नवराज पराजुली)

तपाईको प्रतिक्रिया