शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – तनहुँ जिल्लामा जन्मनु भएकी सबिता परियार सानै उमेर देखि गित संगित, जानी नजानी भएपनि गाउँने प्रायस गर्थिन् । स्कुल पढ्दै गर्दा अत्तिरिक्त कार्यक्रमहरुमा गित गाउने कार्यक्रममा सहभागि हुने गरेको उनी बताउछिन् ।

गित संगितमा लागेर यो क्षेत्रमा केही गर्ने बाल्यकाल देखिको रुचिीलाई साकार पार्न १६ बर्षको उमेरमा काठमाडौं प्रवेश गरेको सबिताको भनाई छ । उनले जब काठमाडौं प्रवेश गरिन् सुरुका दिनमा आफुले निकै संघर्ष गरेको सबिता सुनाउँछन् ।  गायन क्षेत्रमा जम्न र निरन्तर रुपमा स्थापित भईरहन मेहनत र साधना अनिर्वाय रहेको उनको बुझाई छ ।

पहिलो गितको रुपमा ‘कसले होला सुन्ने’ र त्यसपछि क्रमश तिजको गित ‘म छोरी ठुली’, ‘बादल पारी उनको बस्तिमा’, ‘धनगढी घुम्न जाउँ’, ‘शुभ शुभ होस्’ तथा ‘मुखियाँ बा मलाई पाँच पाथी धाँन दिनु दशै मान्नलाई’ लगायत दर्जनौ गितहरुमा आफनो सुमुधुर आवाज दिईसकेकी छन् ।

पछिल्लो समय ‘लाहुरे बाउकी छोरी’, ‘अच्छा लेकीन क्याबात’, ‘हावापानि उनकै याद बोकी बहन्छ’ र ‘तिमी मलाई नक्कली भई छ नभन’ लगाएतका गितमा आफनो स्वर दिई सकेकी छन् । मै छोरी ठुली भन्ने गितले आफुलाई चिनाएको उनको भनाई छ ।

सबिताले देश-विदेशबाट राम्रै प्रतिक्रिया आएको बताईन् । दर्शक-स्रोताहरुको प्रतिक्रियाले लोकदोहोरी क्षेत्रलाई चटक्कै बिर्सन नसकेको उनको भनाई छ । पछिल्लो केही समययता गायिका सबिता परियारको व्यस्तता निकै बढेको छ । अहिले नेपाल र बिदेशमा हुने मेला महोत्सवमा आफनो प्रस्तुती दिन व्यस्त देखिन्छन् ।

दर्शक स्रोताको निकै माया पाएको उनको भनाई छ । केही दिन पहिले मलेसियामा आफनो साँस्कृतिक बेजोड धमका सकाएर नेपाल र्फकिनुभएको छ । फेरी पनि देश बिदेशका कार्यक्रम र तिज नजिकिए संगै तिजका गित गाउनमा व्यस्त हुने उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया