बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – गायक एव्म मोडल बिनोद भण्डारीले मुग्लिनको धुलो बोलको तीज गीत बजारमा ल्याउनुभएको छ । गायक भण्डारीले  आफैले भोगेको मुग्लिन को जाम अनि धुवा र धुलोलाई समेटेर गीत बनाएको बताउनुभएको छ ।

जनता लाइ बढी सास्ती खेप्नु परेको मुग्लिनको धुलो र सवारी ब्यबस्थापन मा सम्बन्धित निकायको ध्यान जाओस भनेर व्यगंयात्मक तरिकाले यो गीत प्रस्तुत गरिएको छ ।

शिब अखेली को शब्द नरेश खाती छेत्री को लय मा गायक भण्डारी लाई आवाज मा गायिका शान्ति श्री परियारले साथ दिनुभएको छ ।
यादब देबकोटा सरापे र सुसिला निरौला बिमलीले अभिनय गरेको उक्त गीतलाई प्रकास भट्ट ले निर्देशन गर्नुभएको छ, भने आशिष म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

बाग्लुङ्ग गल्कोट नरेठाटी मा जन्मिनुभएका गायक बिनोद भण्डारीले थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ, भने एक दर्जन गितमा अभिनय समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया