शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – ‘म यस्तो गीत गाउँछु’ चलचित्रको नयाँ गीत ‘कहाँ छ र…’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

असार ३० देखि सिनेमा घरहरुमा सार्वजनिक हुन लागेको चलचित्र म यस्तो गीत गाउँछु का यसअघि नै सार्वजनिक भएका गीतहरु ‘भन्छु आज…’ र ‘किन आजकल…’ एकदमै मन पराइएको छ ।

मंगलबार सार्वजनिक भएको ‘कहाँ छ र…’ को शब्द रचना दिग्गज धौरालीले गरेका छन् भने संगीत अर्जुन पोख्रेलको रहेको छ ।  यस गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा, पल शाह, सरोज खनाल, राजाराम पौडेल, अर्जुन गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुदर्शन थापाले गरेका छन् ।

तपाईको प्रतिक्रिया