बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – मोबाइल सेवा प्रदायक एनसेलले प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताका लागि म्याजिक भ्वाइस सेवा ल्याएको छ ।

‘म्याजिक भ्वाइस’ सेवा अन्तर्गत एनसेलका सबै प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारसँग आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् ।

यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् ।

यसका साथ–साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् ।

म्याजिक भ्वाइस सेवा सोमबारदेखि लागु भएको हो । दैनिक वा  साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया