शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बाजुरा – बाजुराको गहुमुल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार देवबहादुर रोकायाले २ सय ८३ मत ल्याउनुभएको हो । कांग्रेसबाटै उपाध्यक्षका उम्मेदवार उमा रोकायाले २ सय ८४ मत ल्याउनु भएको छ ।

यस्तै अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका हरि रोकायाले २ सय ७९ मत ल्याउनु भएको छ भने उपाध्यक्षमा एमालेकै सीता रोकायाले २ सय ८१ मत ल्याउनु भएको छ ।

वडा अध्यक्षमा प्रकाश रोकाया विजयी  गहुमुल गाँउपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया २ सय ८८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख रोकाया २ सय ८१ मत ल्याउनुभयो । उहाँ ७ मतले पराजित हुनु भएको हो ।

तपाईको प्रतिक्रिया