बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

इलाम – इलाममा मतगणना ढिलो सुरु हुने भएको छ । बिहीबार बिहान ७ बजेपछि सर्वदलीय बैठक बस्ने र बिहान १० बजेदेखि मतगणना गरिने जिल्ला निर्वाचन कार्यलय इलामका अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक दलका प्रतिनिधिसँगको सल्लाह बमोजिम नै खाना खाएर मात्र मतगणना गर्ने निर्णय भएको हो । इलामका चुलाचुली गाउँपालिका र माङ्गसेबुङ्ग गाउँपालिमा रातको १२ बजेसम्म पनि मतपेटिका संकलन भइसकेको थिएन ।

४ नगरपालिका र ६  गाउँपालिका रहेको इलाममा मतपेटिका राखिएको ठाउँमा सिसी टिभी जडान गरिएको छ ।  मतगणना पनि सिसी टिभीकै निगरानीमा गरिने मूख्य  निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ  ।

तपाईको प्रतिक्रिया