शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

बर्दिया – बर्दियाका चार ओटा स्थानीय तहमा बुधबार रातिदेखि मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु भएका ठाउँमा माओवादी केन्द्रले अग्रता लिएको छ । मधुवन नगरपालिकामा माओवादी केन्द्रले २ सय ८०, नेपाली कांग्रेसले २ सय ३१ र एमालेले १ सय १ मत ल्याएको छ ।

यस्तै गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले ६८, नेपाली कांग्रेसले ५१, एमालेले ३९ र फोरम लोकतान्त्रिकले २३ मत ल्याएको छ । यस्तै बढैयाताल गाउँपालिकामा बिहीबार बिहान सर्वदलीय बैठक बोलाइएको छ ।

यस्तै गुलरिया नगरपालिका, बार बर्दिया नगरपलिका र राजापुर नगरपालिकामा बिहान ८ बजेबाट मतगणना गर्ने तयारी भइरहेको छ । बुधबार बेलुका बसेको सर्वदलीय बैठकले बिहीबार बिहानदेखि मतगणना सुरु गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया