बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–जापानका बिभिन्न युनिभर्सिटीबाट आगामी मार्च महिनामा स्नातक गर्नेहरु मध्ये ७० प्रतिशत बिद्यार्थीहरुको जागिर निश्चित भईसकेको एक सर्बेक्षणबाट थाहा लागेको छ ।

जापानको प्रसिद्ध म्यानपावर सर्भिस कम्पनी रिक्रुट क्यारियरले आगामी अप्रिल महिना देखि प्राइभेट कम्पनीमा काम गर्न चाहने बिद्यार्थीहरु बिच गरेको एक सर्बेक्षणबाट सो नतिजा आएको एनएचके टेलिभिजनले जनाएको छ । जापानका ठूला कम्पनीहरुमा कर्मचारी भर्नाको लागि यहि महिनाको १ तारिखदेखि अन्तरबार्ता खुल्ला गरिएकोमा १५ तारिख सम्ममा ७० दशमलव ५ प्रतिशत बिद्यार्थीहरुले प्रारम्भिक नियुक्ति अर्थात नाइतेइ पाइसकेको समाचारमा उल्लेख छ । उक्त अंक गतबर्षको सोही समयको तुलनामा ४ दशमलब ७ प्रतिशत बढि रहेको बताईएको छ । अधिकांश बिद्यार्थीहरुले यहि महिनाको १ तारिखमा प्रारम्भिक नियुक्ति पाएको बताएका छन । ति कम्पनीहरुले मे महिनाको अन्तसम्ममा बिद्यार्थीहरुको कागपत्रको आधारमा छनौट गरी १ तारिखकै दिन नाइतेइ दिएका हुन । अधिकांश बिद्यार्थीहरुले औसत २ वटा कम्पनीबाट नाइतेइ लिएको पनि बताईएको छ ।

यसरी उपयुक्त कर्मचारीको खोजीमा रहेका जापानी कम्पनीहरु बिच सकेसम्म छिटो राम्रा बिद्यार्थीहरुलाई नियुक्ति दिने प्रतिस्पर्धा नै रहेको पाइन्छ भने बिद्यार्थीहरुको लागि पनि तुलनात्मक रुपमा राम्रो कम्पनी रोज्न पाउने बातावरण बन्दै गएको अधिकारीहरु बताउँछन । पछिल्लो बर्षहरुमा नेपाली बिद्यार्थीहरुले पनि स्नातक पश्चात जापानी कम्पनीमा भर्ना हुने क्रम बढेको पाइन्छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया