बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मस्को रुसमा जारी कन्फेडेरेसन कप फुटबलका सेमिफाइनल खेल आजबाट हुँदैछन् । आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ल्याटिन अमेरिकी च्याम्पियन चिलीसँग खेल्नेछ ।

समुह चरणका सबै तीन खेलमा अपराजित रहेको पोर्चुगल समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने चिली अर्को समूहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा पोर्चुगलका क्रिश्चियानो रोनाल्डो तथा चिलीका अलेक्सीस सान्चेज र अर्टुरो भिडालको प्रदर्शन निर्णायक बन्नसक्छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि विश्व विजेता जर्मनीले उत्तर अमेरिका तथा क्यारेबियन समूहको विजेता मेक्सिकोसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया