बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – सागर पुनको नेतृत्वमा रुकुमेली समाज जापान गठन भएको छ । रोजगारीका शिलशिलामा जापानमा रहँदै आएका जापानवासी रुकुमेलीहरुले सागर पुनको नेतृत्वमा कार्यसमिती चयन गरेको हो ।

आईतबार टोकियो स्थित सिन्ज्युकुमा भेला भएका जापानवासी रुकुमेलीहरुको नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रिन्स पुनमगर, उपाध्यक्षमा विक्रमराज मल्ल र महा–सचिवमा लोकेन्द्र बाँठा रहनुभएको छ ।

त्यस्तै सचिवमा सविन वली, कोषाध्यक्षमा पोष्ट बहादुर वली चयन भएका छन । सदस्यहरुमा अरुण जी.एम, दिल कुमार खड्का, रेसम डाँगी, नवराज पुनमगर, मनोज ठकुरी, अनिल चन्द, सुशिल शाही रहनुभएको छ ।

त्यस्तै सुरेश सिंह ठकुरी, हरी खड्का, पासाङ पुन मगर, जगदिस घर्तीमगर, हिमसिखर रसाईली, सागर बाँठा मगर र दलजीत खड्का पनि सदस्यमा चयन हुनुभएको छ ।

भेलाले कुमार डाँगी, सन्तोष खड्का र अनिल शाहीलाई सल्लाहकारमा चयन गरेको छ । नबगठित रुकुमेली समाजको कार्यसमितिका अध्यक्ष सागर पुनमगरले चाँडै जापानबासी रुकुमेलीको बृहत भेला आयोजना गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया