शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको कडा आलोचना गर्नु भएको छ । दोस्रो चरणको निर्वाचनको मौन अवधीमा अाज पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गर्नु भएको हो ।

उहाँले बर्तामान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना समेत गर्नु भएको छ । अध्यक्ष ओलीले बर्तमान गठबन्धन सरकार सद्दाम हुसेनको सरकार भन्दा फरक नभएको भन्दै तानाशाही प्रवृत्ति हावी भएको जिकिर गर्नुभयो ।  उहाँले सरकारले हत्यारा र अपराधिलाई जेल सजाय दिनुको साटो फुलमालाले स्वागत गर्ने गरेर तानाशाही बनेको आरोप लगाउनुभयो ।

सरकार, नेपाली कांग्रेस, माओवादी केन्द्र र निर्वाचन आयोगका कामकारवाहीप्रति असन्तुष्टि जनाउनुभयो । अबको दुई दिनपछि हुने स्थानीय तहको निर्वाचन भयरहित बातवरणमा सम्पन्न गर्ने प्रमुख दायित्व सरकारको भएको भन्दै अध्यक्ष ओली त्यसमा सरकारको ध्यान जान नसकेको होकि भनेर प्रश्न समेत गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया