बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो ।

गृहमन्त्री शर्माले भन्नुभयो- “पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।” नेकपा ९विप्लव समूह० र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै उहाँले निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री शर्माले भन्नुभयो – “म निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरुसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।” नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उहाँले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतको प्रयोग गर्नेछन् ।

तपाईको प्रतिक्रिया