शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख समेतले भोट हाल्दैछन् । दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरु मतदान गर्न लागेका हुन् ।

यसअघि प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते नै चुनाव भइसकेको छ । पहिलो चरणको चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएको थियो ।

दोस्रो चरणको चुनावमा पनि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत दलका शीर्ष नेताले बिभिन्न ठाउँबाट मतदान गर्दैछन् ।

कसले कहाँबाट मतदान गर्दै ?
उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको दुईखोली गाउँपालिका-२, जनसेवा माविको केन्द्रबाट मतदान गर्दैहुनुहुन्छ । प्रधानमन्त्री शेर बहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका-१, असिग्राम माविको केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका वडा-७, बालउदय माविको केन्द्रबाट मतदान गर्न लाग्नु भएको हो ।

नेपाली कांग्रेसका नेताहरुः
सुजाता कोइराला
मतदान गर्ने स्थानः मोरङको विराटनगर आदर्श स्कुल मतदान केन्द्र
शेखर कोइराला
मतदान गर्ने स्थानः मोरङको विराटनगर आदर्श स्कुल मतदान केन्द्र
डा. डिला संग्रौला
मतदान गर्ने स्थानः मोरङको नजपथ माबि मतदान केन्द्र
महेश आचार्य
मतदान गर्ने स्थानः मोरङको जनता स्कुल मतदान केन्द्र
बालकृष्ण खाँण
मतदान गर्ने स्थानः रुपन्देहीको तिलोक्तमा नगरपालिका – ८, ज्योती आधारभुत विद्यालय
खुुमबहादुर खडका
मतदान गर्ने स्थानः दाङको लमही नगरपालिका, उचानिम्बु माबि मतदान केन्द्र ।

नेकपा एमालेका नेताहरुः
झलनाथ खनाल
मतदान गर्ने स्थानः इलामको सूर्योदय नगरपालिका
भीम रावल
मतदान गर्ने स्थानः अछामको साँफेबगर नगरपालीका – ६, भागेश्वर मतदान केन्द्र
शंकर पोखरेल
मतदान गर्ने स्थानः दाङको तुलसीपुर उपमहानगरपालिका – १९, जनता क्याम्पस, बिजौरी
युवराज ज्ञवाली
मतदान गर्ने स्थानः दाङको तुलसीपुर उपमहानगरपालिका – १७, दिपेन्द्र मा.बि, मानपुर
विष्णुप्रसाद पौडेल
मतदान गर्ने स्थानः बुटवल उपमहानरपालिका – ८, सडक विभाग केन्द्र
प्रदिप ज्ञवाली
मतदान गर्ने स्थानः गुल्मीको रुरु गाउँपालिका, ज्ञवा बलेटक्सार मावि
लालबाबु पण्डित
मतदान गर्ने स्थानः मोरङको महेन्द्रमोरङ मतदान केन्द्र
सुभाषचन्द्र नेम्वाङ
मतदान गर्ने स्थानः इलामको इलाम नगरपालिका – २

माओवादी केन्द्रका नेताहरु
कृष्णबहादुर महरा
मतदान गर्ने स्थानः रोल्पाको रोल्पा नगरपालिका वडा – १, तारा मावि बामरुक
वर्षमान पुन
मतदान गर्ने स्थानः रोल्पाको रोल्पा नगरपालिका वडा – ७, बालउदय मावि जङ्कोट
गिरिराजमणी पोखरेल
मतदान गर्ने स्थानः मोरङको जामुनगाछी मतदान केन्द्र

संघीय समाजवादी फोरम नेपाल
उपेन्द्र यादव
मतदान गर्ने स्थानः विराटनगर उपमहानगरपालिका – १४, जतुवा डिग्रि क्याम्पस
अभिषेक प्रताप सिंह
मतदान गर्ने स्थानः कपिलवस्तुको कृष्णनगर नगरपालिका – २, नेपाल खानेपानी संस्थान मतदान केन्द्र
लोकतान्त्रिक फोरमः
विजयकुमार गच्छदार
मतदान गर्ने स्थानस् सुनसरीको दुहबी नगरपालिका, पचिरामा मतदान केन्द्र
(राजपा) स्वतन्त्रः
बृजकुमार गुप्ता
मतदान गर्ने स्थानः कपिलवस्तु नगरपालिका–२, मरगदवा मतदान केन्द्र
लामो समयपछि हुन लागेको स्थानीय तह चुनावले प्रदेश नम्बर १, ५ र ७ का सबै ठाउँमा उत्साह थपेको छ । पटक पटक सर्दै आएको चुनाव असार १४ गते हुने पक्का भएपछि नेताहरु दौडधूपमा छन् ।

 

तपाईको प्रतिक्रिया