बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापान निवासी विभिन्न क्षेत्रमा सफलता हासिल गर्नु भएका नेपालीहरुबीच टोकियोमा ‘विश्व शान्तिको लागि सामाजिक कदम’ नामक कार्यकम सम्पन भयो ।
नेपाल पिस सोसाइटीले आयोजना गरेको एक दिने कार्यकममा समाज र विश्वमा एउटा व्यक्ति र परिवारले कसरि शान्ति ल्याउनको लागि सिर्जनात्मक काम गर्न सकिन्छ भनि छोटो सामाजिक विज्ञानमा आधारित अनुसन्धानमुलक बैज्ञानिक तथ्य र आधार मुलक पावर प्वाइन्टको प्रस्तुति गरियो । नेपाल पिस सोसाइटीका अध्यक्ष बलराम श्रेष्ठले गर्नु भएको प्रस्तुतिमा एकएक जनाको शान्तिको कृयाकलापले सामाज र विश्वको शान्तिलार्इ जोडिएको हुन्छ र त्यसको लागि हामीले व्यक्तिगत एवम् पारिवारिक रुपमा शान्तिको कृयाकलाप गर्नु जरुरी रहने आसय व्यक्त गरिएको थियो । कार्यक्रममा विशेष समय लिइ वक्ताहरुले एक व्यक्ति र परिवारले समाज र विश्वप्रति जिम्मेवारी बहन गरि आफूले शान्तिको कृयाकलाप विस्तार गरेमा समाज र विश्वमा शान्ति र विकास कायम भइ सुन्दर समाज निर्माण हुँदै जाने धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यकममा विशेष समय लिई नेपालको लागि पूर्व जापानिज राजदुत कोजिमा मित्सुआकी, नेपाल राजदुतावासका तेस्रो सचिव रेवन्त केसी, जापान एनआरएनका सस्थापक अध्यक्ष राजन प्रधानांग, नेपालको सुन्तला खेति विद ताकेशी हासेगावा, जापानिज समाज सेबी इमुरा हिरोको, एचुको हिरासवा, मनोविज्ञानविद सुस्मा श्रेष्ठलगायतले अर्थ पूर्ण भनाइ राख्नु भएको थियो ।


विश्व समाज अहिले भौतिक वस्तुपरक हुँदै गइरहेको र समाज र विश्वलार्इ मानवपरक शान्ति र समृद्धतातिर ल्याउन हरेक व्यक्ति र परिवारले आफ्नो जिम्मेवारी महसुश गर्दै शान्तिको कृयाकलाप गर्दै जानु कतिको जरुरि भन्ने विषयमा वृहत सहभागी मुलक कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया