बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – पश्चिम क्षेत्रअन्तर्गत ५ नम्बर प्रदेशमा परेका लुम्बिनी अञ्चलका ६ जिल्लाका ३ सय ४६ मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको छ ।
तराइका नवलपरासी, रुपन्देही, कपिलवस्तु र पहाडी पाल्पा, गुल्मी र अर्घाखाँचीमा ८ सय ७७ मतदान केन्द्रमा ९ सय १० मतदानस्थल रहेकोमा अति संवेदनशील पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेखी भण्डारीले स्वीकृति प्रदान गरेकी छन् ।
स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्कम रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषदले असार ७ गते सिफरिस गरेको थियो ।

तपाईको प्रतिक्रिया