बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – त्रिपुरासुन्दरी नामको नगरपालिका डोल्पामा छ । त्रिपुरासुन्दरी नामकै गाउँपालिका धादिङ र सिन्धुपाल्चोकमा पनि छ । बागमती नगरपालिका महोत्तरीमा छ, सोही नाममा लतिलपुरमा र मकवानपुरमा गाउँपालिका छन् ।
त्रिपुरासुन्दरी र बागमती मात्रै होइनन, त्रिवेणी नगरपालिकाका रुपमा बाजुरामा छ भने सीमा जोडिएका रुकुम र सल्यानमा गाउँपालिकाका रुपमा छन् । मुलुकभरिका ७४४ स्थानीय तहमध्ये नाम जुधेका दर्जनभन्दा बढी छन् । ललितपुरमा जस्तै कैलालीमा पनि नगरपालिकाको नाम गोदावरी राखिएको छ । मायादेवी गाउँपालिका सिमाना जोडिएका दुई जिल्ला कपिलवस्तु र रुपन्देहीमा छन् । कालिकोटमा भएको कालिका गाउँपालिका पर्सामा पनि छ । रसुवामा पनि कालिका गाउँपलिका छ ।
ललितपुरमा र धनकुटामा महालक्ष्मी नगरपालिकाको नाम जुधेको छ । लिखु गाउँपालिका पनि ओखलढुंगा, नुवाकोट र रामेछाप तीनवटै जिल्लामा छ । काठमाडौंमा तारकेश्वर नगरपालिका र नुवाकोटमा तारकेश्वर गाउँपालिका छ ।

तपाईको प्रतिक्रिया