शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै पार्टीसँग मोर्चा बनाए पनि एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गर्नु भएको छ । आज विहानैदेखि मोरङको बेलबारी, शनिश्चरे, मिक्लाजुङ हुँदै उर्लाबारी नगरपालिकाको सभालाई सम्बोधन गर्न पुगेका ओलीले कांग्रेसले एक्लै नसकेपछि मोर्चाबन्दी गरेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्तीविरुद्ध स्यालहरुको बथानको संज्ञा दिनु भएको छ । कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएको भन्दै उहाँले एमालेसँग प्रतिस्पर्धा गर्न भने असम्भव रहेको दावी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले पछिल्लो समय कांग्रेसको मूल नेतृत्वलाई राष्ट्रियता र समृद्धिको कुरा गर्दा रिस उठने गरेको आरोप लगाउनु भयो । एमालेले राष्ट्रिय झण्डा किन उठायो भन्दै कांग्रेस नेताहरु कराउँछन् ओलीले भननुभयो, ‘कांग्रेसलाई जतिसुकै रिस उठेपनि हामी राष्ट्रिय झण्डा बुलन्द गरिरहन्छौं, स्वाभिमान झुक्न दिँदैनौं ।’

अध्यक्ष ओलीले उर्लाबारीमा एमालेका मेयरका उम्मेदवार भुपालसिं जिमी र उपमेयर लक्ष्मी भण्डारीलाई भोट माग्दै त्यहाँको विकासको जिम्मा आफूले लिने दाबी गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया