शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

कास्की – पोखरामा एक फ्रान्सेली पर्यटक मृत भेटिएका छन् । पोखरा लेखनाथ महानगरपालिका -६ लेकसाइडको नमस्ते लजमा ३० वर्षका फ्रान्सेली नागरिक फ्रान्सोक इन्सिक क्रिस्टियन मृत भेटिएका हुन् ।

शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएको र कोठाबाट छुट्टै गन्ध आउन थालेपछि होटलका कर्मचारीले आज बिहान कोठामा हेर्न जाँदा झुण्डिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  गएको सोमबारदेखि लजमा बसेका उनी आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर आत्महत्या गरेको घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कम बोल्ने र पेन्टिङ गर्ने उनले खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिनसम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

सेती नदीमा हाम फालेर आत्महत्या
पोखराको सेती नदीमा हामफाल्दा एक जनाको ज्यान गएको छ । पोखराको याम्दीबाट सेती नदीमा हामफालेका पोखरा लेखनाथ–१६ लामाचौरका प्रेम बानियाँको ज्यान गएको हो ।

दिउँसो १ बजे नदीमा हामफालेका ४४ वर्षका बानियाँ १ बजेर २५ मिनेटमा मृत भेटिएका थिए । नदीमा हामफालेको स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल उद्धारको लागि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सेती ड्याम बन्द गरी उनलाई बाध क्षेत्रबाट मृत अबस्थामा बाहिर निकालेको हो । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया