शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – बर्दियाको बढैयाताल गाउँपालिका वार्ड २ स्थित जमुनी फुटाहा निवासी २९ वर्षीया सविता पाण्डे अपहरण शैलीमा वेपत्ता भएको २४ घण्टा पछि वुटवलमा भेटिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोली र वुटवल प्रहरीको संयुक्त गस्ती टोलीले बुटवलको मैनावगरस्थित सडकमा एक्लै हिडिरहेको अवस्थामा फेला पारेको हो ।

महिला हराएको सूचना आउने वित्तिकै प्रहरीले खोजतलासमा कडाई गर्दै टोली नै खटाएको थियो । महिलालाई प्रहरीको टोलीले बुटवलबाट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले बताउनु भयो । उहाँका अनुसार महिलालाई बर्दिया पुगेपछि सोधपुछ गरेर परिवारको जिम्मा लगाइने छ ।

पारिवारिक श्रोतका अनुसार केही महिनादेखि पाण्डेले मानसिक उपचार पश्चात औषधी सेवन गर्दै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया