शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवाले संविधान कार्यन्वयन सवैभन्दा ठूलो चुनौतीका रुपमा रहेको बताउनुभएको छ ।

कञ्चनपूरको महेन्द्रनगरमा विहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहसंगै प्रान्त र संघको निर्वाचन गरेर संविधानलाई कार्यन्वयन गर्नु सरकारको प्रमुख चुनौती रहेको बताउनुभएको हो ।

प्रदेश नम्वर ७ का जिल्लामा चुनावी सभालाई सम्वोधन गर्न हिजो त्यसतर्फ गएका प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन लगत्तै संविधान संशोधन प्रक्रीया अघी वढाउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

आन्दोलनरत राजपालाई मनाएर दुई नम्वर प्रदेशमा तेस्रो चरणका निर्वाचनपछि राजनीतिक विवाद सदाका लागि अन्त्य गरिने देउवाको भनाई थियो । यसअघि चुनावी सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सुदुरपश्चिमलाई मुलुककै आर्थिक हव बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्राकृतिक श्रोतका दृष्टिकोणले अपार सो क्षेत्रको विकासलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने आश्वासन समेत देउवाले दिनुभएको छ । भारतको अरव सागरका वैकल्पिक बन्दरगाह प्रयोग गरेर कञ्चनपुरलाई आर्थिक नाकाको रुपमा विकास गरिने देउवाले बताउनुभयो ।

यसैविच, प्रधानमन्त्री देउवा आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि मात्रै राजधानी फर्कनुहुने उहाँको निजी सचिवालयले जनाएको छ । देउवाले आफ्नो गृहजिल्ला डडेलधुराको गन्यपपुधरा गाउँपालिकामा मतदान गर्दैहुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया