शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पढी पढी विदेशी भाषा घर छोडेर के जानु वनवास, यस्तै यस्तै शब्दले सजिएको परदेशी गायक सुर्य खड्काको तीज गीत बजारमा आएको छ ।

जापानलाई कर्मथलो बनाउनुभएका गायक खड्का नेपाली लोकदोहोरी क्षेत्रमा पनि निकै सक्रिय रुपमा लाग्दै आउनुभएको छ । जापानको व्यस्ताका बावजुत पनि समय मिलाएर नेपाली गीत संगीतका लागि समय दिनुभएको छ ।

पछिल्लो समय उहाँका थुप्रै गीतहरु बजारमा आएका छन् । त्यसै क्रममा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर उहाँले दुधको डेरी बोलको तीज गीत बजारमा ल्याउनुभएको छ । रोजगारीका शिलशिलामा विभिन्न देश जान भन्दा नेपालमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिएको छ, यो गीतले ।

ठूला ठूला देशमा जाने चक्करले दलालले फसाएर बर्वाद बनाएका कुराहरु गीतमा देखाउन खोजिएको छ । शिव ओखेलीको शब्द रहेको गीतमा सुर्य खड्का र देवी घर्तीको स्वर रहेको छ । जनता डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको गीतमा लय पनि सुर्य खड्काकै रहेको छ ।

सिर्जन बरालले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा निरुता शाही ठकुरी, प्रकाश सपुत, आसा खड्का लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया