शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – स्थानीय तहले २५ असारमा आर्थिक वर्ष २०७४÷७५ को बजेट गाउँ तथा नगर सभामार्फत सार्वजनिक गर्नुपर्ने भएको छ ।

३० असारभित्र बजेट पारित गरिसक्नु पर्ने गरि सरकारले तालिका बनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जारी गरी यो व्यवस्था गरेको हो ।

पहिलो चरणको स्थानीय निर्वाचनपछि हाल प्रदेश –३, ४ र ६ का ३४ जिल्लामा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले आगामी २५ असारमा नयाँ आर्थिक वर्षको बजेट गाउँ सभा तथा नगर सभामार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था दिग्दर्शनमा उल्लेख छ ।

अर्को वर्षदेखि भने स्थानीय तहहरूले १५ असारका दिन बजेट सार्वजनिक गर्नुपर्नेछ भने ३० असारभित्र पास गर्नुपर्नेछ । स्थानीय तहको बजेट तर्जुमासम्बन्धी दिग्दर्शन निर्माण गर्नासाथ हिजो नै मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्रसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया