शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने जेल सजायको सट्टा जरिवाना तिर्ने तयारी गरेका छन् । गएको वर्षको जुलाईमो स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर गर्दै मेस्सी र उनका पितालार्य २१ महिनाको जेल सजाय तोकेको थियो ।

मेस्सीले जरिवाना तिरेर जेल सजायबाट बच्ने तयारी गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएको छ ।

मेस्सीले जेल सजाय बापतको दुई लाख ८५ हजार अमेरिकी डलर जरिवाना तिर्ने तयारी गरेका हुन् । जरिवानाको मात्रा सम्बन्धी अन्तिम निर्णय भने स्पेनिस अदालतले गर्ने छ ।

मेस्सी र उनका पिता जर्ज सन् २००७ देखि २००९ सम्ममा कर छली गरेको आरोपमा दोषी पाइएका हुन् । मेस्सीका पिताले जले सजाय बापत एक लाख ८० हजार युरो तिर्नु पर्ने छ ।

स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम जेल सजाय तोकिएकाले जेलमा बस्नु नपर्ने व्यवस्था छ ।

तर पनि कुनै पनि बेल जेल जानु पर्ने डरले मेस्सीले र उनका पिताले जरिवाना तिर्ने तयारी गरेका हुन् ।

तपाईको प्रतिक्रिया