बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – काठमाडौं महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि मोबाइल फोन खरिद गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि महंगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाको सो निर्णय सार्वजनिक भएपछि सर्वत्र आलोचना गरिएको छ ।

महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सुरुवाती शैली नै सुविधाभोगी र विलाशीतापन देखिएको भन्दै सो निर्णयको विरोध गरिएको थियो ।
आफ्नो निर्णय सर्वत्र विरोध भएपछि शुक्रबार नगर कार्यपालिकाको बैठक बसी हाललाई सो निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले बैठकपछि जारी गरेको विज्ञप्तीमा बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने गरिएको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख छ ।

तर गत ६ असारमा बसेको बैठकले प्रमुख र उपप्रमुखका लागि जति महंगो भए पनि मोबाइल किनेर विल पेस गर्नुपर्ने र नगर कार्यपालिका सदस्यहरुका लागि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्न सकिने निर्णय गरेको थियो ।

तर शुक्रबार जारी विज्ञप्तीमा बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने निर्णय हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया