शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

लण्डन – उत्तरी लण्डनको क्यामडेन रहेका पाँचवटा टावरका फ्ल्याटमा आगलागीको खतरा देखिएपछि खाली गर्न थालिएको छ । क्यामडेन काउनसिलमा रहेका ८ सय भन्दा धेरै घर खाली गर्न सुरु गरिएको बिबिसीले जनाएको छ ।

अघिल्लो हप्ता लण्डनको २४ तले ग्रेनफेल टावरमा आगलागी हुँदा कम्तिमा ७९ जनाको ज्यान गएको छ । त्यसपछि क्यामडेनमा टावरमा पनि आगलागीको खतरा देखिएको भन्दै त्यहाँ रहेका परिवारलाई सुक्षित स्थानमा सार्न थालिएको हो ।

टावरमा प्रयोग भएका समाग्र आगोले छिटो टिप्ने खालको रहेको र ग्यासको पाइपको व्यवस्थापन सुरक्षति नरहेको हुनसक्ने आशंकामा मानिसलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको क्याडेन काउनसिलले जनाएको छ ।

सुरुमा ट्यापलो टावरका फ्ल्याट मात्रै खाली गर्ने भनिएको थियो । तर पछि सबै पाँचै टावरका फ्ल्याट खाली गर्ने काउनसिलले जनाएको हो । अब पाँचै टावरको अग्नि सुरक्षाको अवस्था जाँच गरिने र त्यसपछिमात्रै त्यहाँ परिवारलाई फिर्ता पढाइने भएको छ ।

तपाईको प्रतिक्रिया