बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो– जापानी संचार मन्त्रालयले यहांका तीन ठूला मोबाइल कम्पनीहरुमा निगरानी बढाउनुका साथै ग्राहक सेवाको गुणस्तर बढाउन औपचारिक निर्देशन दिएको छ । यसरी सरकारी निर्देशनमा पर्नेमा एनटिटी डोकोमो, एयु अर्थात केडिडिआइ र सफ्बैक रहेका छन् । ति कम्पनीहरुलाई ग्राहकलाई मोबाइल लगायत आफ्ना सेवा शुल्कको योजनाको बारेमा राम्रोसंग बुझाएर मात्र सेवा प्रदान गर्न निर्देशन गरिएको एनएचके टेलिभिजनले जनाएको छ ।

संचार मन्त्रालयले ति कम्पनीहरुका जापानभरी रहेका करिब ३०० वटा बिक्रि केन्द्रहरुमा गोप्य रुपमा गरेको सर्बेक्षणको आधारमा यो कदम लिईएको सम्बन्धित अधिकारीहरुले बताएका छन् । सर्बेक्षण रिपोर्ट अनुसार ग्राहकहरुलाई मोबाइलको २ बर्षिय करार सम्बन्धि जानकारी नगराईएको ६८ प्रतिशत, करार रद्द शुल्क बिना रद्द गर्न सकिने समयावधीको बारेमा जानकारी नदिईएको ६६ प्रतिशत र करार रद्द शुल्कको बारेमा पर्याप्त जानकारी नदिईएको ५१ प्रतिशत भएको समाचारमा उल्लेख छ । २ बर्षिय करारको अवस्थामा नबिकरण गर्नुपर्ने महिना बाहेकमा करार रद्द गर्दा ठूलो रकम रद्द गरेबापत तिर्नु पर्दा ग्राहक र कम्पनी बिचमा धेरै समस्या देखिए पनि ति कम्पनीहरुले सुधारात्मक कदम नचालेको पनि बताईएको छ ।

साथै एनटिटी डोकोमोले करार गरेको ८ दिनभित्रमा रद्द गरेमा कुनै रद्द शुल्क नलाग्ने योजनाको बारेमा पनि ग्राहकलाई राम्रोसंग जानकारी नगराएको भन्दै निगरानीमा राखिएको मन्त्रालय श्रोतले जनाएको छ । मोवाइल सेवा प्रदायक कम्पनीहरुका नियम र सेवा शुल्कबारे यथेष्ट जानकारी नहुँदा धेरै जना नेपालीहरुपनि समस्यामा पर्नेगरेको जानकारहरु बताउँछन् ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया