मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले सचिव परिवर्तनले आयोगको कुनै कामलाई असर नपर्ने स्पष्ट पार्नु भएको छ । आज रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै प्रम्ख आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीमा रहेको भन्दै सचिव सरुवाले कुनै असर नपार्ने स्पष्ट पार्नु भएको हो ।

सरकारको निर्णयबाट सचिवको सरुवा भएको उल्लेख गर्दै निर्वाचन आयोगको व्यवस्थापकिय कामलाई कुनै असर नपर्ने उहाँको भनाई छ । निर्वाचन आयोगको सचिवको सरुवा सरकारको निर्णयबाट भएको हो उहाँले भन्न्भयो, “निर्वाचन आयोगको आफ्नो व्यवस्थापकिय काममा कुनै असर पर्दैन । यो सहज रुपमा लिएका छौं । २०६३ देखि अहिलेसम्म १३ जना सचिव आइसकेका छन् । १४ गतेको निर्वाचनमा यसले कुनै असर पार्दैन ।”

सरुवामा परेपछि सचिव मैनालीले बिलासी आवश्यकताका अनावश्यक सामाग्री खरिद गर्न अस्वीकार गरेपछि आफू सरुवामा परेको बताउनु भएको थियो । तर प्रम्ख आयुक्त यादवले सचिव मैनालीले आयोग पदाधिकारीमाथि लगाएको कुनैपनि आरोपबारे प्रतिक्रिया दिनु भएको छैन ।

 

तपाईको प्रतिक्रिया