बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा सम्पन्न ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ मा पहिलो स्थान जित्न सफल भएकी छिन् ।

श्रीलंकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाइक स्टेज रेसमा उनले कुल २० घन्टा, २० मिनेट १८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान जितेकी हुन् । दुईसय ७२ किलोमिटरको जंगल, चिया बगान, ओरालो भिरालो, नदी, झरना आदि विभिन्न प्राकृतिक वातावरणीय कठिनाईलाई पार गर्दै उनले जित हात पार्न सफल भएको उनले बताइन् ।

अस्ट्रेलियाकी तानिया थाइरोन २१ घन्टा, ८ मिनेट ३ सेकेन्डका साथ दोश्रो र फ्रान्सकी क्लेयर डरमारक्वेट २१ घन्टा ३९ मिनेट ११ सेकेन्डका साथ तेश्रो भए ।

 

तपाईको प्रतिक्रिया