शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानका सम्राट अकिहितो समक्ष  आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
बिहीबार राजदरबारमा आयोजित एक विशेष समारोहमा राजदूत राणाले ओहदाको प्रमाण पत्र पेश गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राटको सुस्वास्थ्य तथा सुखको कामना गरी पठाउनु भएको सन्देश सुनाउनुभएको थियो ।


सो अवसरमा राजदूत राणाले आफ्नो कार्यकालमा दुई देशबीच रही आएको निकटता र सौहार्द सम्बन्धलाई थप मजबुत पार्ने दृढता व्यक्त गर्नुभयो । राजदूत राणाले २०१५ नेपालमा गएको महाभूकम्पपछिको पुनर्निर्माणको वर्तमान अवस्था बारे जानकारी गराउंदै भूकम्पपछिको असजिलो परिस्थितिमा जापान सरकार र जनताले गरेको सहयोग, सहानुभूति र ऐक्यबध्दताप्रति कृतज्ञता व्यक्त गर्नुका साथै नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुरयाउँदै आएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा जापानका आन्तरिक मामिला तथा सञ्चारमन्त्री सानाय ताकाईची, नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्वितीय सचिव टोपनारायण गिरी र तृतीय सचिव रेवन्त केसीको पनि उपस्थिति रहेको थियो । ***

 

तपाईको प्रतिक्रिया