शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अतिवादी समुह इस्लामिक स्टेट आइएसले गराएको बिष्फोटमा इराकको मोशुलस्थित ऐतिहासिक अल–नुरी मस्जिद ध्वस्त भएको छ ।

सन् २०१४ मा खलिफा क्षेत्रमा आफ्नो शासन शुरु भएको घोषणा गरेपछि इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादी सोही मस्जिदमा पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

सो मस्जिद शताब्दीयौं पूरानो र महत्वपूर्ण सम्पदाको सूचीमा रहेको थियो । इराकी सेनाले इस्लामिक स्टेटले बिष्फोट गराएर मस्जिद ध्वस्त बनाएको बताएको छ । यद्यपी इस्लामिक स्टेटले सो बिष्फोट अमेरिकी सेनाले गराएको दावी गरेको छ ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले घटनाको निन्दा गर्दै मस्जिदमाथि आक्रमण गरेर आइएसले आफ्नो हार स्वीकार गरेको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया