शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – एक पछि अर्को चर्चित गीत बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले फेरी अर्को गीत बजारमा ल्याएको छ । प्रकाश महरा र बिक्रम बि.कको लोकदोहोरी गीत ए मेरो प्राण बोलको गीतमा बजारमा ल्याएको हो ।

जसमा पछिल्लो समय निकै मन पराइएका गायक तथा मोडल पुष्कल शर्मा र जमुना श्रीपालीले आवाज दिनुभएको छ । बिक्रम र प्रकाशको शब्द रहेको गीतमा अमित बाबु रोकायको लय रहेको छ । कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा आसा ख्का र अलोङ दिवानाले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया