शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – साउदी अरबका राजा शेख सलमानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई आफ्नो उत्तराधिकारी बनाएका छन् । अब शेख सलमान बिन अब्दुलअजिज अल सउदपछि साउदी अरबको राजा उनका छोरा हुनेछन् ।

राजा सलमानले यसअघि भतिजा मोहम्मद बिन नायफलाई उत्तराधिकारी बनाएका थिए । उनको अघिकार खोसेर अहिले छोरालाई सुम्पिएका छन् । ३१ वर्षीय सलमान साउदी अरवका उपप्रधानमन्त्री पनि बन्नेछन् । अहिले उनी साउदीका बिदेशमन्त्री हुन् ।

साउदी अरवको सरकारी मिडियाका अनुसार ५७ वर्षीय मोहम्मद बिन नायाफलाई गृहमन्त्रीको पदबाट पनि हटाइएको छ । बीबीसीका अनुसार नायफले नयाँ युवराज मोहम्मद बिन सलमानप्रति राजनिष्ठा देखाएका छन् ।

राजा सलमान ८१ वर्षका छन् र २०१५ मा आफ्ना भाई अब्दुल्लाह बिन अजिजको मृत्यु भएपछि साउदी अरवका राजा बनेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया