शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आज विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ ।

अहिले संसारका एक सय बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । बहुजाती, भाषा, धर्म र संस्कृति भएको हाम्रो देश नेपालमा त बनमा रुने न्याउलीदेखि मुर्चुङ्गाको कम्पनसम्मले मौलिक संगीत सृजना गरिरहेका हुन्छ । अझ भनौं संगीत हाम्रो संस्कार र सभ्यता नै बनेको छ ।

मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी र विनायो सम्मका धूनले नेपाली संगीतलाई मौलिक मात्र बनाएको छैन विश्व संगीतमा उत्कृष्टताका साथ फरकपन पस्किरहेको छ ।भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारण चर्चित बनेका हुन् ।

नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको छ । संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायकरगायिका, लेखक र रचनाकार लगायतको उपस्थितिमा यो दिवस मनाउने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया