शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा १५ सदस्यीय ग्लोबल गोर्खा नेप्लिस काउन्सिल गठन गरिएको छ । विश्व अधिकारीको नेतृत्वमा १५ सदस्यीय काउन्सिल गठन गरिएको हो ।

काउन्सिलको वरिष्ठ उपाध्यक्षमा मिना कुमारी श्रेष्ठ, उपाध्यक्षमा रिता खत्री, तेज लामा, गोकर्ण वर्तौला, महासचिवमा सोम लम्साल, सचिवमा चेतन घर्ति मगर, रविन्द्र उप्रेती र कोषाध्यक्षमा शान्ता जिसी चयन हुनु भएको छ । यस्तै दिपक कार्की, इश्वर थापा, मदन थापा, सुदिप लामिछाने, समुद्र राज पौडेल र रमेश अर्याल सदस्यमा चयन हुनु भएको छ । काउन्सिलको संरक्षकमा उत्तम कुमार श्रेष्ठलाई चयन गरिएको जनाइएको छ ।

प्रकाश पौडेलको सभापतित्वमा सुरु भएको काउन्सिल गठन कार्यक्रममा एनआरएन जापानका महासचिव अनुज थापा प्रमुख अतिथि रहनु भएको थियो । वेलायतबाट कार्यक्रमका लागि जापान आउनु भएकी कलाकार अनिता लिम्बुको कार्यक्रममा विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा एनआरएन महिला प्रतिनिधि कालिका थापा, जनप्रगतिशिल मञ्च जापानका उपमहासचिव बाबुराम पौडेल, जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीलगायत मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया