शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको ज्यान गएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ ।

रिहा हुँदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित घर पुगे लगत्तै अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले ओटोमा गम्भीर दिमागी विमारी रहेको बताएका थिए  ओटोको परिवारले उत्तर कोरियामा दिइएको यातनाका कारण ओटो कोमामा गएको बताएका छन् ।

उत्तर कोरियाले भने यसको खण्डन गर्दै निन्द्राको औषधिका कारण ओटोको त्यस्तो अवस्था भएको बताएको छ । उत्तर कोरियाले वार्मबियरलाई गएको वर्ष आफ्नो देश विरुद्ध प्रोपोगाण्डा बनाएको भन्दै होटलबाट पक्राउ गरेको थियो ।

उत्तर कोरियाली सरकारले उनलाई १५ वर्षको कठिन श्रम कारावासको सजाय सुनाएको थियो । उत्तर कोरियाले वार्मबियरलाई १५ वर्षसम्म कडा श्रम गर्नु पर्ने सजाय सुनाएको थियो ।

भर्जिनिया विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी वार्मबियर गएको वर्षको जनवरी २ मा उत्तर कोरिया भ्रमणमा रहेका बेला पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया