शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।

दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया