सरकारसंगको सहमतीमा राजपाले उम्मेदवारी दिएको होः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी राजपाले सरकारसंगको सहमतीकै आधारमा स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ । बुटवलमा आज सञ्चारकर्मीसँग मन्त्री शर्माले प्रदेश नम्बर २ मा राजपाकै लागि चुनाव सारेकाले स्वतन्त्र रुपमा भएपनि उम्मेदवारी परेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासंगको सहमतीकै आधारमा उमेदवारी दर्ता गराएको दल राजपा अब चुनावमा पनि जाने उहाँले बताउनुभयो । मन्त्री शर्माले शान्ति सुव्यवस्था राम्रो भएकाले मतदातालाई ढुक्क भएर चुनावमा जान आग्रह गर्नुभयो । कपिलबस्तुमा भएको विष्फोटप्रति उहाँले घटनामा संलग्नलाई कडा कारबाही गरिने भन्दै त्यसका लागि सुक्ष्म अध्ययन भईरहेको उहाँको भनाइ थियो ।

प्रदेश नम्बर ५ अन्तरगत लुम्बिनी अञ्चलको सुरक्षा व्यवस्था बुझ्न मन्त्री शर्मा बुटवल पुग्नु भएको थियो । सुरक्षा बैठकमा लुम्बिनी अञ्चलका ६ जिल्लाका प्रहरी प्रमुख, सशस्त्र तथा सुरक्षा निकायका प्रमुख समेतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित