शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – यसवर्षको प्रतिक्षित सिनेमा ‘प्रेमगीत २’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र प्रशंसा पनि आउन थालेके छ । फिल्मको ट्रेलरमा नेपाली प्रदीप खड्का र अश्लेषा ठकुरीको केमेष्ट्री देख्न सकिन्छ ।

सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत २’ मा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ । ट्रेलरमा प्रेम, भ्रमण र बदलालाई देखाइएको छ । चलचित्र ‘प्रेमगीत’ मा जस्तै उक्त चलचित्रमा प्रदीप र अश्लेषा प्रेम र गीत पात्रका रुपमा देखिएको प्रष्ट हुन्छ । यही १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कल्याण सिंह, अलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत रहेको छ ।

चलचित्रमा प्रदीप र अश्लेषाका अतिरिक्त कैलाश कटुवाल, कविता रेग्मी शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ । विशेष गरी प्रेम र यात्रासँग सम्बन्धित विषयमा बनेको यो सिनेमामा नेपालको मुर्मादेखि थाइल्याण्ड बर्मासम्मको सुन्दर दृश्यलाई प्रस्तुत गरीएको छ ।

 

तपाईको प्रतिक्रिया